२०८३ बैशाख ६ गते , आईतबार

कर सप्ताहको अवसरमा उत्कृष्ट करदाता सम्मानित

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर १ गते , बुधबार
कर सप्ताहको अवसरमा उत्कृष्ट करदाता सम्मानित

बिर्तामोड मेची अञ्चलका चारजना उत्कृष्ट करदाता सम्मानित भएका छन कर सप्ताहको अवसरमा चार जिल्लाको एक एक जना उत्कृष्ट करदातालाई सम्मान गरिएको हो

आन्तरिक राजश्व कार्यालय भद्रपुरको आयोजना विर्तामोड उद्योग वाणिज्य संघको संयोजनमा बुधबार विर्तामोडमा आयोजित एक कार्यक्रमका बिच उनीहरुलाई सम्मान गरिएकोछ कर सप्ताहको शुभारम्भ गर्दै विर्तामोडको मुक्तिचोक परिसरमा आयोजित दशौं राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा झापाबाट भद्रपुरको साहेवाला ट्रेडिङ प्रा= लि=, इलामबाट फिक्कल उत्तम स्टोर, पाँचथरबाट जय अम्बे ट्रेडर्स एण्ड सप्लायर्स ताप्लेजुङबाट सलिना सप्लायर्स सम्मानित भएका हुन

साहेवाला ट्रेडिङका तर्फबाट सञ्चालक अजय साहेवाला, फिक्कल उत्तम स्टोरका तर्फबाट सञ्चालक उत्तम श्रेष्ठ, जय अम्बेका तर्फबाट राजन काफ्ले सलिना सप्लायर्सका तर्फबाट तीलमाया भट्टराईलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान गरेका थिए

आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख शुभप्रसाद रिजालको अध्यक्षतामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले नेपालको राजश्व आयातमा निर्भर रहेकोले आयातलाई प्रतिस्थापन गर्दै निर्यात आन्तरिक करको दायरा बढाउनुपर्ने आवश्यकता औँल्याए उनले राज्य निजी क्षेत्रबीच सुमधुर सम्बन्ध भएमात्र देशले आर्थिक समृद्धि हासिल गर्नसक्ने बताउँदै राज्यले करको दर क्षेत्र बढाउने भन्दापनि प्रविधिको अधिकतम उपयोग गर्दै करको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं का अध्यक्ष टिकाराज ढकाल, केन्द्रीय सदस्य हेमराज ढकाल, नं प्रदेश सदस्य कुमार भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए

सम्बन्धित समाचार