सरकारले सिन्को भाँचेको छैन : नेता नेम्बाङ
बिर्तामोड । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले सरकारले काम गर्न नसकेको आरोप लगाए । शनिबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेम्बाङले त्यस्तो आरोप लगाएका हुन ।
झापाको चारपानेमा प्रधान कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २५औँ बार्षिक साधारण सभाको प्रमुख अतिथी नेम्बाङले सरकारले बिजनेस दिन नसकेको र बिजनेस विना संसद चल्न नसक्ने बताए । ‘यो हामी सबैको सरकार हो त्यस कारणले मैले भन्न खोजेको हुँ,’ नेम्बाङले भने, ‘अठासी दिनमा त बल्लबल्ल पाँच सदस्यीय मन्त्रीपरिषदले पूर्णता प्राप्त गर्यो, सरकार काम गर्न सकेको छैन ।’ सरकारले बिजनेश फिर्ता लगिरहेको नेम्वाङको आरोप छ ।
जनताको माग सम्बोधन गरिदिन्छ भन्ने विश्वास भएको अदालतपनि यतिबेला ठप्प भएको उनले बताए । प्रधानन्यायाधीश मुलगेटबाट प्रवेश नगरेको बिषय ठीक नभएको नेता नेम्बाङले टिप्पणी गरे । ‘सर्वोच्च अदालतका प्रधानन्यायधीश कार्यालय छिर्न पछाडीको ढोका प्रयोग गर्नुहुन्छ भने यो स्थिति कस्तो हो? भन्दै उनले प्रश्न गरे । यो एकदम बेठिकको स्थिति भएको बताए । तर, हामीले चिन्ता गर्नुपर्ने स्थिती नभएको उनको भनाई छ ।