माओवादी केन्द्रले ‘एक व्यक्ति एक पद’ लागू गर्ने
काठमाण्डौ
। नेकपा माओवादी केन्द्रले सबै कमिटीमा एक व्यक्ति एक पदको अवधारणा लागू गर्ने निर्णय
गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा शुक्रबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय
कमिटी बैठकले पार्टीको विधानमा सामान्य संशोधनसमेत गर्दै यस्तो निर्णय गरेको हो ।
संसोधित
विधान अनुसार माओवादी केन्द्रको प्रदेश र पालिका कमिटीमा सात/सात पदाधिकारी रहने भएका
छन् । यस्तै, वडा कमिटीमा पाँच पदाधिकारी र टोल
कमिटीमा अध्यक्ष र सचिव गरी दुई पदाधिकारी रहने छन् । यस्तै सेल कमिटीमा सचिवमात्र
राखिने भएको एक नेताले बताए ।
माओवादी
केन्द्रले पछिल्लो समय संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकता दिँदै आएको छ । सोही
अनुसार जिम्मेवारी बाँडफाँटलाई प्रभावकारी बनाउन र जिम्मेवारी पाएकाहरुबाट प्रभावकारी
परिणाम हासिल गराउन पार्टीले ‘एक व्यक्ति एक पद’ को अवधारणालाई लागू गरेको जनाइएको छ ।