२०८३ बैशाख ६ गते , आईतबार

कृषकको आपत्तिपछि वडाध्यक्ष संग्रौलाले दिए स्पष्टिकरण

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक २६ गते , शुक्रबार
कृषकको आपत्तिपछि वडाध्यक्ष संग्रौलाले दिए स्पष्टिकरण

बिर्तामोड आफ्नो फेसबुकको स्टाटसलाई लिएर लिएर मेची मत्स्य व्यवसायीक कृषक समूहले आपत्ति जनाएपछि बिर्तामोड का वडाध्यक्ष नगेन्द्र संग्रौलाले विज्ञप्ति मार्फत स्पष्टिकरण दिएका छन् वडाध्यक्ष संग्रौलाले हस्पिटलबाट उत्पादित मानव सिनो रातको समयमा माछा पोखरीहरुमा हाल्ने गरिएको बिषयलाई आफ्नो फेसबुक स्टाटसमा लेखेका थिए  

संग्रौलाले बिशेष सूचना भन्दै झापा जिल्लाका विभिन्न हस्पिटलको मानव सिनो संकलन गरेर माछा पोखरीमा रातिराति बजेदेखि बजेसम्म हाल्ने काम भएको भन्ने सुन्नमा आएकोले त्यस्ता माछा अर्गानिक माछा भन्दै बेच्नेहरुमाथि कडा निगरानी गर्न खोज पत्रकारिता गर्ने मित्रहरु , सचेत नागरिक प्रशासनसमक्ष हार्दिक अनुरोध गर्दछु भनी सामाजिक संजालमा स्टाटस लेखेका थिए

वडाध्यक्षको स्टाटसप्रति आपत्ति जनाउँदै समूहले विज्ञप्ति मार्फत वडाध्यक्ष संग्रौलाले भ्रामक, तथ्यहिन बिनाआधार सामाजिक सञ्जाल फेसबुकमा माछा पालन सम्बन्धी स्टाटस लेखेको भन्दैे आक्रोश व्यक्त गरेका थिए त्यस स्टाटसप्रति माछापालकका तर्फबाट मेची मत्स्य व्यवसायिक कृषक समूहका अध्यक्ष लक्ष्मीप्रसाद शिवाकोटी सचिव राजेश देवानले आपत्ति जनाएका थिए बिहीबार बिहान बिर्तामोड सैनिकमोडमा बैठक बसेर माछा पालक किसानहरुले फेसबुकमार्फत भ्रामक सूचना सम्प्रेषण गर्ने वडाध्यक्ष संग्रौलालाई सूचना सच्याउँन माग गरेका थिए उनीहरुले कपोकल्पित आम उपभोक्तामा भ्रम फैलाउने उद्देश्यले फेसबुकमा स्टाटस लेख्नु जनप्रतिनिधिबाट गैरजिम्मेवार कार्य भएको टिप्पणी गरेका थिए

कृषकको विरोध चर्को आलोचना पश्चात वडाध्यक्ष संग्रौलाले पुनः फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै त्यसको स्पष्टिकरण दिएका छन् संग्रौलाले जनताको स्वास्थ्यमा खेलवाड नहोस् भनेर सचेतनाको निम्ति फेसबुक स्टाटस लेखेको भन्दै विज्ञप्ति जारी गरी स्पष्ट पारेका हुन त्यसपछि वडाध्यक्ष संग्रौलाले विज्ञप्ति जारी गरी स्पष्ट पारेका हुन्

 ‘मैले हिजो चारपानेको कुनै चिया पसलमा जना अपरिचित व्यक्तिहरुले गफ गरेको विषयमा यस्तो संवेदनशील विषय जनताको स्वास्थ्यमा खेलवाड नहोस् भनेर सचेतनाको निम्ति फेसबुक स्टाटस लेखेको सत्य हो उक्त सचेतनामा कुनै व्यवसायी, पोखरीलाई तोकिएको छैन इमान्दार व्यवसायीहरुलाई यस विषयले जेनेरल लाईज भएबाट व्यवसायमा असर पर्ने बुझेर स्टाटसलाई मैले डिलिट पनि गरे व्यवसायीप्रति आँच पुग्ने हुनाले यसमा दुःख प्रकट गर्दै तपाईहरुको पेशाप्रति सम्मान जाहेर गर्दछु संग्रौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख

उनले माछापालन किसानको पेशा व्यवसायप्रति सकारात्मक पहल हुने भन्दै लक्षित नभएको विषयमा चित्त दुखाएकोमा आफनो तर्फबाट दुःख प्रकट गरेका छन्

सम्बन्धित समाचार