२०८३ बैशाख ६ गते , आईतबार

युरोपियन शहरको झल्को दिने ‘प्रसिद्धि कोलोनी’ को रात्रिकालीन दृश्य

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक २५ गते , विहीबार
युरोपियन शहरको झल्को दिने ‘प्रसिद्धि कोलोनी’ को रात्रिकालीन दृश्य

बिर्तामोड झिलिमिली बत्ती, दाँयाबाँया सफा बाटो, बाटो छेउमा ढकमक्क फुलेका रंगीविरङ्गी फूलहरु, सानो पार्क, व्यवस्थित बाँधिएको बाँध अनि बिचमा सुस्ताउँदै बगेको नदी झट्ट हेर्दा यो दृश्यले कुनै युरोपियन शहरको झैँ झल्को दिन्छ तर, यो कुनै बाहिरी मुलुकको नभएर बिर्तामोडको बिच भाग भएर बग्ने अदुवा खोलाको प्रसिद्धि कोलोनी क्षेत्रको दृश्य हो

सायदै सबैको कल्पनामा यस्ता दृश्य आउने गर्दछन् आफ्नो घर सामुन्ने यस्ता दृश्य हुँदो हो त्यहि दृश्य हेरेर सयौँ पीडा भुल्न सकिन्थ्यो होला कविहरु त्यहि दृश्यको बखान गरेर दर्जनौँ कविताहरु लेख्थे होलान् अनि प्रेमजोडीहरु आफूलाई प्रेमिल दुँनियामा हराउँथे होलान्

अहिले बिर्तामोड मा निर्माण भएको प्रसिद्धि कोलोनीले उक्त क्षेत्रको अदुवा खोलालाई व्यवस्थित गरेर धेरैको कल्पनाको संसार झैँ बनाएको तिहारको अवसरमा कोलोनीले अदुवा खोलाको दाँयाबाँया लगाएको झिलिमिली बत्तीले रात्रिकालीन समयमा यो क्षेत्रलाई कुनै युरोपियन शहरको भन्दा फरक दृश्य देखिएको छैन यहाँको मनमोहक दृश्य कै कारण मानिसहरु टिकटक बनाउन, सेल्फी खिच्न भिड नै लाग्ने गरेको

समग्रमा कोलोनीले अदुवा खोला भन्ने बित्तिकै धेरैको मनमा आउने एउटा दुर्गन्धित खोलाको वास्तविक दृश्यलाई पर्यटकीय बनाउन सकिन्छ भन्ने उदाहरण पस्केको यो क्षेत्रले एउटा विकासको मोडल नै प्रस्तुत गरेर देखाएको भन्दा अत्युक्ति नहोला अव्यवस्थित शहरीकरणका कारण खुम्चँदै गएको मानिसको डम्पिङ साइटको रुपमा परिणत हुँदै गएको अदुवा खोलालाई एउटा पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिन्छ भन्ने उदाहरण बनेको प्रसिद्धि कोलोनी   

सम्बन्धित समाचार