२०८३ बैशाख ५ गते , शनिबार

अबको कोरियन भाषा परीक्षा कम्प्युटर प्रणालीबाट हुने, नयाँ परीक्षाको तयारी हुँदै

प्रक्रिया पूरा गरेर बसेका कामदार मंसिर दोस्रो सातासम्ममा जान पाउने

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक २२ गते , सोमबार
अबको कोरियन भाषा परीक्षा कम्प्युटर प्रणालीबाट हुने, नयाँ परीक्षाको तयारी हुँदै

काठमाण्डौँ कोरोना भाइरस संक्रमणको महामारीका कारण हुन नसकिरहेको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगतको कोरियन भाषा परीक्षा फेरि सञ्चालन हुने भएको त्यसको लागि तयारी शुरु भएको वैदेशिक रोजगार विभागले जनाएको

विभागका महानिर्देशक दिपक काफ्लेका अनुसार कोरियाले मानव संशाधन विभाग (एचआरडी)सँग परीक्षा फेरि सञ्चालन गर्नेबारे सहमति भइसकेको बताए तर, मिति भने तय हुन बाँकी आवश्यक प्रोटोकल पनि तयार गरेर परीक्षा गर्ने योजना विभागको

अबको भाषा परीक्षा कम्प्युटर प्रणालीमा आधारित हुन्छ, त्यसैले हामी कम्प्युटर पूर्वाधारसहितको उचित स्थान खोजिरहेका छौं,’ उनले भने उनका अनुसार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा रहेको कम्प्युटर प्रयोगशालामा विकल्पका रुपमा भेटिएको

ईपीएस कोरिया शाखाका अनुसार अहिले सीभीटी परीक्षाका लागि कार्यालयमा रहेको कम्प्युटर भाषा परीक्षाका लागि पर्याप्त हुँदैन शाखाले परीक्षा सञ्चालान गर्ने गरी तयार गरेको भवनमा निर्माणपछि प्राविधिक समस्या देखिएको  भवनलाई पाइलिङ गरेर पर्खाल दिनुपर्ने भएपछि तत्काल सो भवनमा परीक्षा नहुने भएको महानिर्देशक काफ्लेले बताए

२०२१ का लागि २०७७ जेठमा हुनुपर्ने हुने परीक्षा अहिलेसम्म भएको छैन सो वर्ष कोरियाले पाँच हजारभन्दा बढी कामदार लैजाने गरी कोटा (सिलिङ) पठाइसकेको थियो तर, प्रत्येक वर्ष चैतमा नै आवेदन लिने गरिएकोमा सो वर्ष लकडाउनका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन

सोही परीक्षाबाट कोरियाले परीक्षामा नक्कली परीक्षार्थीलाई प्रवेश नै दिन नसकिने गरी बायोमेट्रिक प्रणाली लागू गर्न चाहेको थियो त्यसको तयारीमा जुट्दै गर्दा कोरोनाको सन्त्रासका कारण तयारीहरु पूरा हुन पाएन

केही वर्षदेखि कोरियन भाषा परीक्षा जेठको अन्तिम सातामा गरिँदै आएको थियो तर, दुई पटकको परीक्षा रोकिएका छन कोरोना रोकथामका लागि कोरियाले लिएको नीतिका कारण परीक्षा अनिश्चित भएको थियो नेपालबाट सन २०२० का लागि मात्रै ९२ हजार कामदारले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका थिए

नेपाल कोरिया सरकारबीच भएको श्रम सम्झौता अनुसार सन २००८ देखि कोरियाले नेपाली कामदार लिँदै आएको सुरुवाती वर्षहरूमा २८ सय कामदार लगेको कोरियाले सन २०११ देखि त्यो संख्या बढाउँदै गएको थियो

प्रक्रिया पूरा गरेर बसेका कामदार मंसिर दोस्रो सातासम्ममा जान पाउने

करिब २० महिनादेखि अन्योलमा रहेको  कोरिया रोजगारी खुल्ने भएको कोरोनाका कारण २० महिनादेखि रोजगार अनुमति प्रणाली (ईपीएस) बाट नयाँ कामदार लान बन्द गरेको कोरियाले अब खुल्ला गर्ने भएको हो

कोरिया सरकारले केही दिनअगाडी सूचना जारी गर्दै इपिएसमार्फत दक्षिण कोरिया जाने गरेका नेपालसहित १६ वटै देशका कामदार लिन नोभेम्बर अन्तिम साता सुरु गर्ने जनाएको  

यता नेपालबाट भने (कमिटेड) कामदार लिइरहेको कोरोना महामारी कम भएसँगै कोरियाले कामदार लैजान सुरु गरेको वैदेशिक रोजगार विभागका इपिएस शाखा प्रमुख सुरेश राउतले बताए १० कात्तिकमा पहिलो चरणमा कमिटेड ४८ जना कामदार कोरिया गइसकेका छन

पहिलो चरणमा ४८ जना पठाइएको अब ७१ जनालाई एकै चरणमा पठाउने तयारी भइरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक काफ्लेले बताए दोस्रो उडानमा ७१ जनालाई पठाउने तयारी  भएको ,’ उनले भने, ‘मंसिर दोस्रो सातासम्ममा सबै कामदार पठाउने तयारी गरेका छौं

कमिटेड कामदार पठाएसँगै कोरिया सरकारको माग अनुसार इपिएस पास गरेर बसेकालाई पठाउने विभागको तयारी इपिएसमार्फत हरेक वर्ष ५० हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेकामा कोरोना महामारी सुरु भएपछि रोकिएको थियो नेपालबाट करिब १० हजार कामदार कोरिया जाने पर्खाइमा छन   

 

सम्बन्धित समाचार