२०८३ बैशाख ६ गते , आईतबार

फरक फरक घटनामा तीन जनाको मृत्यु, एकजना बेपत्ता

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक २० गते , शनिबार
फरक फरक घटनामा तीन जनाको मृत्यु, एकजना बेपत्ता

बिराटनगर । आज भएको तीन फरक फरक घटनामा तीन जनाको मृत्यु  भएको छ । कोशीका तीन जिल्लामा आज भएको घटनाबाट तीन जनाको मृत्यु भएको र एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ  । 

सुनसरीको कोशी गाउँपालिका १ राजापोखरी स्थित पुर्व-पश्चिम राजमार्गमा साईकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका ८  का ५९ बर्षीय सत्य नारायण साह रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । आज बिहान ८ बजे आफैले चलाएको साईकलबाट लडेर घाईते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा बिहान साढे ८ बजे मृत्यु भएको थियो । 

त्यस्तै मोरङको बेलबारी नगरपालिका ९ का ७२ बर्षीय हर्क बहादुर राईको लडेर मृत्यु भएको छ । आज दिउँसो ३ बजे सोही स्थान डागाबजार चौकमा रहेको काठको फलैचाबाट लडेर घटनास्थलमानै उनको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता नविनराज राईले जानकारी दिए । उनी प्रेसरको बिरामी भएको प्रहरीको भनाई छ । 

आजै संखुवासभाको सभापोखरी गाउँपालिका ६ पात्ले दह स्थित सभाखोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका भक्तबहादुर बि.क.का ९ बर्षीय छोरा बिपन बि.क. रहेको प्रहरीले जनाएको छ । 

भक्तबहादुरको घरमा पाहुना आएका सभापोखरी गाउँपालिका १ का रहि बहादुर बि.क.को ८ बर्षीय छोरा रैतिन बि.क. बेपत्ता भएका छन् । आज दिउँसो १ बजे उनीहरु नुहाउने क्रममा खोलाले बगाएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी बाह्रबिसेबाट गएको प्रहरी टोलीले खोजतलास गर्दा बिपनलाई बगाएको स्थानबाट अन्दाजी ५०० मिटर तल मृत अबस्थामा फेला पारेको थियो भने बेपत्ता रैतिनको खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार