भिडभाड बजार, फूलमा भारतकै भर
नेपालीहरुको
दोस्रो ठूलो चाड तिहारको आज तेस्रो दिन अर्थात लक्ष्मीपूजा । दिउँसो गाईको पूजा गरेर
बेलुका घरघरमा लक्ष्मीपूजा गर्ने गरिन्छ । लक्ष्मीपूजाको दिन घर बत्ती तथा फूलले झिलिमिली
बनाउने गरिन्छ ।
साँझमा
दियो, कलश, गणेशको स्थापना गरि गरगहना तथा पैसासमेत राखी पूजा गर्ने गरिन्छ । लक्ष्मीपूजाको
लागि बजारमा किनमेल गर्नेको भीड निकै देखिन्थ्यो । विशेष गरेर सयपत्री फूल, रंग, फलफूल,
भाई मिठाई, नरिवल आदि किन्न ग्राहकको घुइँचो लागेको छ ।
नेपालमा व्यवसायीक रुपमा सयपत्री फूलको खेती शुरु भएपनि भारतमा उत्पादित फूलकै दबदबा देखिन्छ । विशेषतः मालाको लागि भारतबाट आयात गरिएको फूल मात्र बजारमा देखिन्छ भने नेपाली फूल गुच्छा बनाएर बिक्री गर्ने गरेको पाइन्छ । भारतीय फूलमा रसायनको मात्रा पाइन्छ भनेपनि ग्राहक भने त्यतैतिर आकर्षित हुने गरेका छन् । हेर्दा सलक्क परेको र माला उनेर बिक्री गरिएकाले पनि भारतीय फूलमा ग्राहकको आकर्षण देखिन्छ ।