२०८३ बैशाख ५ गते , शनिबार

यामाहाको एफजेड भी ३ भिन्टेज अब बिर्तामोडमा

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक १५ गते , सोमबार
यामाहाको एफजेड भी ३ भिन्टेज अब बिर्तामोडमा

बिर्तामोड झापाको बिर्तामोडमा यामाहा एफजेड भी को भिन्टेज संस्करणको बिक्री सुरु भएको बिर्तामोडमा रहेको यामाहाको सोरुम सयपत्री ट्रेडलिंकले सोमबार एक कार्यक्रमका बीच  सो मोटरसाइकलको औपचारिक बिक्री शुरु गरेको हो

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष आचार्य सयपत्री ट्रेडलिंकका सञ्चालक विनोद बस्नेतले संयुक्त रुपमा मोटरसाइकलको अनावरण गरे

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजले एक्स कनेक्ट फिचरसहितको भिन्टेज संस्करणको नेपाली बजारमा बिक्री सुरु गरेको हो

कम्पनीले बिएस इन्जिनसहितको यामाहा एफजेड भी मा ब्लुटुथ कनेक्ट फिचर भएको यामाहा एफजेडको कलर अप्सनमा नेपालमा ल्याएको हो कम्पनीले भित्र्याएको डार्कनाइट भेरियन्टको मूल्य लाख ८४ हजार ९०० रुपैयाँ रहेको भने अन्य तीन कलरको मूल्य लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरेको

यामाहा एफजेड भी को भिन्टेज एडिसनमा मुख्यतः यसको ग्राफिक्समा परिवर्तन ल्याएको यसको सिटको साइज बढाएर अझै कम्फर्ट बनाएको भने सिटमा लेदर मटेरियल प्रयोग भएकाले प्रिमियम फिल प्रदान गर्ने कम्पनीले दाबी गरेको

साथै, यसमा कम्पनीले मफ्लर कभरलाई नयाँ डिजाइन दिएको भने इन्जिन कौल समेत थप गरेको यसका अलावा कम्पनीले यामाहा कनेक्टएक्स टेक्नोलोजी प्रयोग गरेको

भिन्टेज एडिसनमा कम्पनीले कुनै पनि मेकानिकल परिवर्तन भने गरेको छैन यसमा १४९ सिसी एसओएचसी, एयरकुल्ड, सिगंल सिलिन्डर एफआइ इन्जिन रहेको यो इन्जिनले १२. पिएस पावर तथा १३. एनएम टर्क जेनेरेट गर्छ

नयाँ मोटरसाइकलका बारेमा सयपत्री ट्रेडलिंकका सञ्चालक विनोद बस्नेतले भने, ‘ब्लुटुथ सुविधाबाहेक बाइक १३५ केजीको अहिलेसम्मकै हल्का वजनको यस बाइकमा १४० सेक्सनको रेडियल टायर राखिएको , साइड स्ट्यान्ड हटाइएको ’ 

यामाहाको हरेक एफ जेड सिरिजले हरेकपटक ग्राहकले खोजेजस्तै सुविधा दिएर आजसम्म नेपाली बाइकप्रेमीहरूको मन जित्न सफल भइरहेको बस्नेतको भनाई

सम्बन्धित समाचार