२०८३ बैशाख ५ गते , शनिबार

पालिकाले सडक नखुलाउदा माइजोगमाईबासी आक्रोशित

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक ७ गते , आईतबार
पालिकाले सडक नखुलाउदा माइजोगमाईबासी आक्रोशित

इलाम । अवरुद्ध भएको लामो समय भैसक्दा पनि पालिकाले बाटो नखुलाउदा माइजोगमाईका स्थानीय आक्रोशित बनेका छन । पालिकाले सडक खुलाउने पहल नगर्दा आफुहरु सदरमुकाम हुँदै अन्य स्थान जान नपाएको भन्दै स्थानीय आक्रोशित बनेका हुन । 

दशै मनाउन घर आएका तथा पाहुना आएकाहरु सडक अवरुद्ध हुँदा गन्तव्यमा जान पाएका छैनन । केही दिन अघि आएको अविरल बर्षाका कारण इलाम सदरमुकामसँग जोडिएका सबै बाटाहरुमा पहिरो गएर अवरुद्ध भएको माइजोगमाई ५ मा माइत आएकि उमा खत्रीले बताइन । सडक बन्द भएकाले आफू झापा स्थित घर जान नपाउदा बिद्यालय जान नपाएको गुनासो गरिन । सोही स्थानमा माइत आएकी गंगा सुबेदीको पनि पीडा उस्तै छ । दशै सकिएपनि समयमा घर जान नपाउदा आफ्नो छोराको पढाइ छुटेको उनको गुनासो छ । 

पहिरोले अधिकांस सडक अवरुद्ध भएपछि नेपाली कांग्रेसका नेता तथा  समाजसेवी डम्बर खड्काले आफ्नो निजि स्काभेटरको प्रयोग गरि नाम्सालिङ्ग सडक खण्ड खुलाएको खड्काका सहयोगी शिव थापाले बताए । सोयाङ्ग खण्डपनि खुलाउन स्काभेटर प्रयोग गर्न खोज्दा पालिकाले आफैं काम गर्ने भन्दै फर्काएको स्थानीयको भनाई छ । खड्काले स्थानीयले आफै तेल हाल्नुपर्ने गरि मेसिन दिएको स्थानीयहरुको भनाई छ । यता पालिका अध्यक्ष जितबहादुर राईले काम भैरहेको र आज साझ सम्ममा सदरमुकामसम्मको बाटो खुलाइने बताए । 

सम्बन्धित समाचार