२०८३ बैशाख ६ गते , आईतबार

नाडाको अध्यक्षमा करण चौधरीको उम्मेदवारी

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक ७ गते , आईतबार
नाडाको अध्यक्षमा करण चौधरीको उम्मेदवारी

बिर्तामोड । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)को अध्यक्षमा करण चौधरीले उम्मेदवारी घोषणा गरेका छन । आगामी मंसिर २२ र २३ गते हुने अधिवेशनका लागि चौधरीले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन।

आइतबार झापाको बिर्तामोडमा मेची अटो मोवाइल डिलर्स एसोसिएसनले आयोजना गरेको पत्रकार सम्मेलनमा चौधरीको समूहले उम्मेदवारी घोषणा गरेको हो।

अध्यक्षका दावेदार चौधरीले व्यवसायीको समस्या समाधानमा लाग्ने बताए । उनले टिममा सक्षम नेतृत्व रहेको बताए । उनले नेपालमा गाडी उत्पादनमा लाग्ने बताउँदै नाडाकाे उचाइ अझै बढ्ने बताए ।

केन्द्रीय कार्यवाहक अध्यक्ष प्रकाश सिवाकोटीले आगामी कार्यकालका लागि सक्षम नेतृत्व चयन हुने बताए । केन्द्रीय सदस्य प्रकाश कपुरीले नाडा काठमाडौंमा मात्र सीमित नभई देशव्यापी रुपमा विस्तार भएको बताए । कपुरीले प्रादेशिक संरचना निर्माण गरेर अघि बढ्नु पर्ने आवश्यकता औंल्याए ।

केन्द्रीय उपाध्यक्ष सुवास आचार्यले नाडा विस्तार हुँदै गएकोमा खुशी व्यक्त गरे । केन्द्रीय अध्यक्ष कृष्ण दुलालले ३२०० जना नाडाका सदस्य रहेको बताउँदै यसको दायरा बढ्दै गएको बताए । व्यवसायीको हितमा लाग्न सक्ने नेतृत्वको खाँचो रहेको बताउँदै अध्यक्ष दुलालले राजस्वमा २५ प्रतिशत योगदान दिइरहेको बताए ।

मेची अटो मोवाइल डिलर्स एसोसिएसनका संरक्षक बिनाेद बस्नेतले नाडा खुम्चिएको अवस्थामा रहेको बताउँदै यसलाई राजनीति गर्ने थलाे बनाउन नहुने बताए । उनले बिर्तामोडलाई कमजोर नआँक्न अनुरोध गरे । 

सम्बन्धित समाचार