२०८३ बैशाख ५ गते , शनिबार

झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक ७ गते , आईतबार
झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बिर्तामोड । झापाको कन्काई नगरपालिका ९ लक्ष्मीपुरस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट हिजो (शनिबार) साँझ एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

साँझ ७ः१० बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको प्र १-०१-००१ ख ३५२० नम्बरको ट्रक र बिपरीत दिशाबाट आइरहेको मे. ५ प ८४७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक अर्जुनधारा ३ बस्ने २७ वर्षीय निश्चल खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट टाउको, अनुहार तथा शरिरको बिभिन्न भागमा गम्भीर चोट लागेका घाइते खनाललाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा राति १०ः२५ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव सोही अस्पतालमै रहेको छ ।

दुर्घटनापछि ट्रक र ट्रक चालक बुद्धशान्ति ३ बस्ने ४४ वर्षीय लक्ष्मीप्रसाद शिवाकोटीलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार