२०८३ बैशाख ६ गते , आईतबार

आज नेकपा एमालेको वडा अधिवेशन हुँदै

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक ६ गते , शनिबार
आज नेकपा एमालेको वडा अधिवेशन हुँदै

झापा । नेकपा एमालेले आज देशैभर वडा अधिवेशन गर्दैछ । मंसिर १०, ११ र १२ गते पार्टीको दशौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय भएसगै आज वडा अधिवेशन गर्न लागेको हो ।

आज ७७ वटै जिल्लाको ६ हजार ७४३ वडामा अधिवेशन हुन लागेको पार्टीले जनाएको छ । पार्टीले कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको थियो ।

‘बादल’को संयोजकत्वमा एमालेको महाधिवेशन ब्यवस्थापन समिति 

नेकपा एमालेले महाधिवेशनको व्यवस्थापनका लागि पार्टी स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठन गरेको २१ सदस्यीय मूल व्यवस्थापन कमिटीले पूर्णता पाएको छ । 

कमिटीमा सहसंयोजक सुरेन्द्र पाण्डे, सचिव विष्णु रिमाल तथा सदस्यहरुमा पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, लीला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल र दीपक देवकोटा रहेका छन्  । 

एक सदस्य पछि मनोनयन गरिने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।


सम्बन्धित समाचार