२०८३ बैशाख ६ गते , आईतबार

साफमा भाग लिएको टोली आज नेपाल फर्कदै

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक १ गते , सोमबार
साफमा भाग लिएको टोली आज नेपाल फर्कदै

काठमाडौं । माल्दिभसमा सम्पन्न १३औं साफ च्याम्पियनसिपमा भाग लिएर नेपाली फुटबल टोली आज नेपाल फर्कदै छ ।  च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली आज बिहान काठमाडौं आउन लागेको हो ।

नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली आज बिहान सवा नौ बजे काठमाडौंमा अवतरण गर्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

मालदिभ्सको राजधानी मालेमा शनिबार बेलुका भएको फाइनल खेलमा भारतसँग ३-० गोल अन्तरले पराजित भएपछि नेपाल उपविजेतामा सीमित बनेको थियो । साफको इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको थियो ।

नेपाललाई फाइनलसम्म पुर्याउन सफल मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने नेपाल फर्किने कि नफर्किने भन्ने विषयमा पछि निर्णय लिने बताएका छन् । नेपालले फाइनलमा स्थान बनाएलगत्तै अलमुताइरीले साफ च्याम्पियनसिप सकिएपछि नेपाल छड्ने घोषणा गरेका थिए ।

सम्बन्धित समाचार