२०८३ आश्विन १६ गते , शुक्रबार

सनातन धर्म सेवा समिति मेचीनगरद्वारा दातालाई सम्मान

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन २७ गते , बुधबार
सनातन धर्म सेवा समिति मेचीनगरद्वारा दातालाई सम्मान

मेचीनगर । सनातन धर्म सेवा समिति मेचीनगर ९ झापाले धार्मिक कार्यमा सहयोग गर्दै आएका दाताहरुलाई सम्मान गरेको छ । समितिले महाअष्टमी पर्वको सन्दर्भ पारेर दाताहरु देवराज र रेजिना पौडेल, युवराज र निरकुमारी पौडेल तथा लक्ष्मीप्रसाद उप्रेतीलाई सम्मान गरेको हो ।

समितिका सचिव हेमेन्द्र निरौलाका अनुसार दुर्गा सप्तसति पाठको अवसर पारेर बुधबार दाताहरुलाई पण्डित घनश्याम खतिवडाले सम्मान गरेका हुन् । दाताहरुबाट भएको पुण्यकर्मको प्रशंसासहित धन्यवाद प्रकट गर्दै पण्डित खतिवडाले टिका सहित दोसल्ला ओढाएर उनिहरुलाई सम्मान गरेका थिए । 

समितिलाई विभिन्न समयमा प्लाष्टिकका कुर्सी र आर्थिक रुपमा सहयोग पुर्याउँदै आएका उनीहरुलाई सम्मान गरिएको बताइएको छ । 

यसअघि घटस्थापनाका दिन दाताहरु गोकुल चापागाईं र देवीप्रसाद चापागाईंलाई सम्मान गरिएको थियो । उनीहरुले समितिको धार्मिक कार्यक्रममा सघाउ पुर्याउन १ थान हार्मोनियम प्रदान गरेका थिए । 

समितिको सत्संग हलमा घटस्थापनादेखि सुरु भएको दुर्गा सप्तसति पाठ अन्तर्गत महाअष्टमी पर्वका दिन आयोजित कार्यक्रममा पण्डित खतिवडा, समितिका सचिव निरौला र सम्मानिततर्फ उप्रेतीले बोलेका थिए । 

‘दाताहरुबाट विगतदेखि नै नगद तथा जिन्सी सामग्री जुट्दै आएको छ’ समितिका सचिव निरौलाले भने,‘उहाँहरुको सत्कर्मको उच्च मूल्यांकन गर्दै समितिले सम्मान कार्यक्रम गर्दै आएको छ ।’ 

धार्मिक तथा सामाजिक कार्यमा अग्रसर हुँदै आएका समाजसेवी उप्रेतीले भावी दिनमा पनि गच्छे अनुसारको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । समितिको सत्संग हलसँगै रहेको नर्वदेश्वर शिवालयमा नवदुर्गा माताको पूजा आराधना हुँदै आएको छ । 

२०४१ सालदेखि वर्षेनी दुर्गा सप्तसति पाठ लगाउँदै आएको समितिले देवी भागवत् पुराण लगाएर धार्मिक कार्य सुरु गरेको थियो ।

 

सम्बन्धित समाचार