२०८३ बैशाख ६ गते , आईतबार

आज नवरात्रीको आठौँ दिन, कालरात्रीको पूजा गरिँदै

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन २७ गते , बुधबार
आज नवरात्रीको आठौँ दिन, कालरात्रीको पूजा गरिँदै

काठमाडौं बडादशैंको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको पूजा गरी भव्यरुपमा मनाइँदै आज महाकाली, महालक्ष्मी महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ

आजको दिन दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठहरुमा पशु बलि दिई दुर्गा भवानीको पूजा गरिन्छ आजको दिन कलपूर्जा, हातहतियार सवारी साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो

 

महाअष्टमीका दिन राति हनुमानढोकाको दशैंघरमा राज्यका तर्फबाट ५४ बोका ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ

आजका दिन उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, संकटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेको बिहानैदेखि भीड लाग्ने गर्छ

यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, काभ्रेको नाला भगवती पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनको घुँइचो लाग्दछ

पशु बलि नचढाउनेले भने आज पूजा कोठामा आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौंला, कुभिण्डो, मूला, नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन्

सम्बन्धित समाचार