२०८३ बैशाख ६ गते , आईतबार

आज नवरात्रको सातौँ दिन, घरघरमा फूलपाती भित्राएर मनाइँदै

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन २६ गते , मंगलबार
आज नवरात्रको सातौँ दिन, घरघरमा फूलपाती भित्राएर मनाइँदै

काठमाडौं आज नवरात्रीको सातौँ दिन, फूलपातीको दिनको रुपमा मनाईँदैछ प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्राएर मनाइँदैछ

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महानचाड बडादशैंको चहलपहल आजैका दिनदेखि अझै बढ्ने गर्दछ

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आफ्नो घर फर्कने क्रम अझ तीव्र भएको

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दशैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल मानवृक्ष भित्राउने प्रचलन फूलपाती भित्राउन साइतको आवश्यक्ता पर्दैन

सम्बन्धित समाचार