२०८३ बैशाख ६ गते , आईतबार
निफ्राले ८ प्रतिशत शेयर बोनस वितरण गर्ने
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक
(निफ्रा) ले अब ८
प्रतिशत शेयर
बोनस वितरण
गर्ने भएको छ ।
नियामक राष्ट्र
बैंकले बैंकहरुले
वितरणयोग्य लाभांशको ३०
प्रतिशत मात्र
नगदमा वितरण
गर्न पाउने
व्यवस्था गरेसँगै
निफ्राले प्रस्ताव
गरेको लाभांश
परिमार्जन गरेको
हो ।
असोज
२४ गते
बसेको बैंकको
सञ्चालक समितिको
बैठकले लाभांश
परिमार्जन गरेको
हो । योसँगै अब निफ्राले
आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत
बोनस शेयर
र सो
प्रयोजनका लागि
लाग्ने करसहितको
नगद लाभांश
वितरण गर्ने
छ ।
यसअघि
निफ्राले आर्थिक
वर्षको नाफाबाट
शेयरधनीलाई ८.५० प्रतिशत नगद
लाभांश वितरण
गर्ने प्रस्ताव
गरेको थियो
।