२०८३ बैशाख ५ गते , शनिबार

गजुरेलले मिनासँगको डिभोर्सपछि मन्जुसँग विवाह गरे

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन २५ गते , सोमबार
गजुरेलले मिनासँगको डिभोर्सपछि मन्जुसँग विवाह गरे

काठमाडौँ हास्य कलाकार मनोज गजुरेलले मन्जु पोखरेलसँग विवाह गरेका छन् मिना ढकालसँग बर्षअघि डिभोर्स भएपछि सोमबार गजुरेलले ढकालसँग विवाह गरेका हुन्

असोज २५ गते सोमबार डोलेश्वर मन्दिरमा विवाह गरेको गजुरेलले आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएका हुन् डिभोर्स भएपछि आफूले बच्चाहरुको एक्लै हेरचाह गरिरहेको जीवनयात्रामा आफूलाई पनि सहयात्रीको आवश्यकता महसुस गरी विवाह गर्ने निर्णय लिएको बतएका छन् गजुरेलका अनुसार मन्जु कानुन सेवाकी अधिकृत हुन्

एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने वाचा गर्यौँ अगाडि आईपर्ने सुख दुखलाई मिलेर स्वीकार प्रतिकार गर्ने संकल्प लियौं हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव सहमतीले पनि ठूलो मद्धत गर्यो,’ उनले लेखेका छन्

उनले निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जोड्ने, विगतको जीवन, वर्तमानको विवाह तथा भविस्यको योजनाका बारेमा अनुमानकारिता नगर्न पनि अनुरोध गरेका छन्

गजुरेलले सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गरेर विवाह गरेपश्चात सपरिवार मानवसेवा आश्रम कौशलटारमा रहेका बुवाआमालाई खाना खुवाएको समेत बताएका छन्

 

सम्बन्धित समाचार