२०८३ बैशाख ६ गते , आईतबार

सहारा पत्रकार उपचार कोषलाई ब्यासाचार्य खतिवडाद्वारा नगद सहयोग

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन २४ गते , आईतबार
सहारा पत्रकार उपचार कोषलाई ब्यासाचार्य खतिवडाद्वारा नगद सहयोग

बिर्तामोड झापाको अर्जुनधारा स्थित शंखराचार्य पिठ साधुटारका अध्यक्ष ब्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले पत्रकार सहारा उपचार कोषलाई नगद सहयोग प्रदान गरेका छन खतिवडाले कोषलाई हजार रुपैयाँ प्रदान गरेका हुन्

 

नवरात्रको अवसरमा आचार्य खतिवडाले उपचार कोषमा सहयोग प्रदान गरेका हुन्   खतिवडाले आइतबार साधुटार स्थित शंखराचार्य पिठमा महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई कार्यसमिति सदस्य होमप्रकाश अधिकारीलाई उक्त रकम प्रदान गरेका हुन्

 

रकम हस्तान्तरण गर्दै आचार्य खतिवडाले नागरिकलाई सुसूचित गर्न अहोरात्र खट्ने पत्रकारलाई सहयोग गर्न पाँउदा खुशी लागेको बताए उनले  झापाली पत्रकारले देशको राजनीतिसंगै धार्मिक संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे

 

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखेकोछ कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीका अनुसार कोषमा हाल ४५ लाख रुपैयाँ जम्मा भइसकेको कोषमा सहयोग जुट्ने क्रम जारी

 

महासंघ झापा शाखाले संघसंस्था, सहकारी, बैंक, दाता सबै क्षेत्रलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको

 

सम्बन्धित समाचार