२०८३ आश्विन १६ गते , शुक्रबार

माईजोगमाई ५ का राउत मृत अवस्थामा फेला

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन २३ गते , शनिबार
माईजोगमाई ५ का राउत मृत अवस्थामा फेला

बिर्तामोड । इलाम माईजोगमाई ५ का रनबहादुर राउत मृत अवस्थामा फेला परेका छन। ४८ बर्षीय राउत माईजोगमाई ५ को तीनकुने नजिकै शनिबार बिहान मृत फेला परेको स्थानीय अशोक तिम्सिनाले बताए । 

शुक्रवार दिउँसो गाउँतिर जान्छु भन्दै घरबाट हिडेका राउत शनिबार बिहान रमिते भिरबाट खसेको अवस्थामा फेला परेको आफन्तले बताए । शुक्रबार साझ ७:५५ बजे घर आउदैछु भन्दै श्रीमती तेजकुमारीलाई राउतले फोन गरेको आफन्तको भनाई छ । तर शनिबार बिहान ट्र्याक्टर चालकले राउतलाई सडकको भित्तामा मृत अवस्थामा देखेपछि गाउँमा खबर गरेका थिए । रातको समयमा घर फर्कदै गर्दा करिब ५० मिटर अग्लो भिरबाट खस्दा राउतको मृत्यु भएको हुन सक्ने स्थानीयको आशंका छ । मृतक राउतको टाउकोमा गहिरो चोट लागेको देखिएको स्थानीयहरु बताउँछन्  ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली घटनास्थल पुगिसकेको बताइएको छ । समान्य खेतीकिसान गर्ने मृतक राउतको श्रीमती दुई छोरी र एक छोरा छन । 

 

सम्बन्धित समाचार