२०८३ बैशाख ६ गते , आईतबार

बिस्तारित २५ सदस्यीय मन्त्रीपरिषदमा प्रदेश १ बाट ५ जना सहभागी

sajilo news
पुष्प खड्का
२०७८ आश्विन २३ गते , शनिबार
बिस्तारित २५ सदस्यीय मन्त्रीपरिषदमा प्रदेश १ बाट ५ जना सहभागी

बिर्तामोड । लामो समयसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेको आरोप खेप्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले  ८८ दिनपछि शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । बिस्तारित २५ सदस्यीय मन्त्रीपरिषदमा प्रदेश १ बाट ५ जनाले मन्त्री बन्ने अवसर पाएका छन् ।

२९ असारमा प्रधानमन्त्री बनेका नेपाली काँग्रेसका सभापति देउवाले शुक्रबार बिस्तार गरेको मन्त्रीपरिषदमा नेपाली काँग्रेसका प्रदेश १ बाट ४ जना र नेकपा (एकिकृत समाजवादी) का १ जना मन्त्री बनेका छन् । नेपाली काँग्रेसबाट मिनेन्द्र रिजाल मोरङ, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी, नारायण खड्का उदयपुर र उमेश श्रेष्ठ भोजपुरबाट मन्त्रीपरिषदमा सहभागी भएका छन् । त्यस्तै, नेकपा (एकिकृत समाजवादी) का भवानीप्रसाद खापुङ तेह्रथुमबाट सहभागी छन् । मिनेन्द्र रिजाल रक्षामन्त्री, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सुचना प्रविधिमन्त्री, नारायण खड्का परराष्ट्रमन्त्री बनेका छन् भने यस अघि स्वास्थ्य राज्यमन्त्री बनेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालय हेर्ने गरी राज्यमन्त्री बनाइएको छ । नेकपा (एकिकृत समाजवादी) बाट भवानीप्रसाद खापुङलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ ।

२५ सदस्यीय मन्त्रिपरिषदमा नेपाली काँग्रेसबाट प्रधानमन्त्रीसहित १०, माओवादी केन्द्र ६, नेकपा एकीकृत समाजवादीबाट ५, जनता समाजवादी पार्टी (जसपा)बाट ४ जना नियुक्त भएका छन् । योसँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषदमा काँग्रेस, माओवादी र एकीकृत समाजवादीबाट एक एक जना गरी ३ जना राज्यमन्त्री छन् । मन्त्रीपरिषदमा ६ जना महिला मन्त्री सहभागी छन् ।

त्यस्तै अन्य मन्त्रीहरुमा बालकृष्ण खाँड गृह, पम्फा भुषाल उर्जा, जलश्रोत र सिँचाई, राजेन्द्रप्रसाद श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या, जनार्दन शर्मा अर्थ, उमाकान्त चौधरी खानेपानी  आपूर्ती, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, दिलेन्द्रप्रसाद बडु कानुन, न्याय तथा संसदीय मामिला, देबेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधी, महेन्द्रराय यादव कृषि तथा पशुपंछी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्यृष्ठ नागरिक, शशी श्रेष्ठ भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्री शहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ती, रामसहायप्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महेश्वरजंग गहतराज युवा तथा खेलकुदमन्त्री छन् भने बोधमायाकुमारी यादव शिक्षा, विज्ञान तथा प्रविधी राज्यमन्त्री रहेकी छिन् ।

सम्बन्धित समाचार