सामलिङ्ग पावर कम्पनीको शेयर कति पर्यो हेर्नुहोस (हेर्ने तरिका सहित)
सर्वसाधारणका लागि कात्तिक ४ गतेदेखि साधारण शेयर निष्काशन हुने
बिर्तामोड । उर्जा डेभलपर्सको सम्बद्ध सस्था सामलिङ्ग पावर कम्पनीले इलाम जिल्लाको माइखोलामा निर्माण गरेको माइबेनी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि छुट्याएको साधारण शेयरको बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले इलाम नगरपालिकाको वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिकाको वडा नं. ४ र ५ का आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाहरु तथा आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयबासीको लागि निष्काशन गरेको साधारण शेयर विहिबार बाँडफाँड गरेको हो । कम्पनीले २०७८ भदौ १८ गते देखि २०७८ असोज १ गतेसम्म आयोजना अति प्रभावित तथा आयोजना प्रभावित स्थानीयको लागि साधारण शेयर निष्काशन गरेको थियो ।
आयोजना अति प्रभावित समुहका लागि छुट्याईएको शेयरका लागि ३२५५ योग्य आवेदनहरु परेको थियो । आयोजना अति प्रभावित समुहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ८० कित्तासम्म शेयर पाएका छन् । त्यस्तै आयोजना प्रभावित समुहका लागि छुट्याईएको शेयरका लागि १७७८९ योग्य आवेदनहरु परेको थियो । आयोजना प्रभावित समुहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० कित्तासम्म शेयर पाएका छन् ।
कम्पनीले आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी मिति २०७८ आश्विन १ गते देखि ९.५१ मेगावाट जलविद्युत व्यापारिक उत्पादन सुरु गरी सकेको
जनाएकोछ ।
तलको लिङ्कमा गएर शेयर हेर्न सकिनेछ
http://ipo.nsmbl.com.np/?fbclid=IwAR3QJ60ltyFddyO5U4Dcu9ztwRdIOg0TzJw-G5oODk7VYNnAeTqZhUumI6M
सर्वसाधारणका लागि कात्तिक ४ गतेदेखि आईपीओ जारी हुने
सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु सात करोड ३० लाख मूल्य बराबरको सात लाख ३० हजार कित्ता आईपीओे बिक्री खुल्ला गर्न लागेको हो ।
निष्कासन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको र दुई प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने छ लाख ७८ हजार ९०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आगामी कात्तिक ४ गतेदेखि आवेदन दिन पाउने भएका छन । कम्पनीको अनुसार सर्वसाधारणले कात्तिक ८ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए कार्तिक १८ सम्म निष्कासन खुला हुने विवरणपत्रमा उल्लेख छ ।
कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु दुई अर्ब हुने र प्रतिमेगावाट लागत रु २१ करोड तीन लाख पाँच हजार हुने जनाएको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरमा आवेदन दिन सक्नेछन् ।
साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘केयरएनपी आइआर बीबी माइनस’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्वबहन गर्ने क्षमतामा औसत जोखिम रहेको भन्ने बुझिन्छ ।
http://ipo.nsmbl.com.np/?fbclid=IwAR3QJ60ltyFddyO5U4Dcu9ztwRdIOg0TzJw-G5oODk7VYNnAeTqZhUumI6M