२०८३ बैशाख ६ गते , आईतबार

युनियनद्वारा १३ लाख दाबी भुक्तानी

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन २२ गते , शुक्रबार
युनियनद्वारा १३ लाख दाबी भुक्तानी

बिर्तामोड युनियन लाइफ इन्स्योरेन्स कम्पनीले झापाको भद्रपुरमा मृत्यु दाबी भुक्तानी गरेको कम्पनीले भद्रपुर का सुदिप शर्मा पोखरेलको परिवारलाई दाबी भुक्तानी बापत १३ लाख रुपैया प्रदान गरेको हो

बैदेशिक रोजगारको शिलशिलामा कतारमा कोरोना संक्रमणबाट पोखरेलको गत बैशाख २५ गते मृत्यु भएको थियो बैदेशिक रोजगारीमा जाँदा पोखरेलले म्यादी जिवन बिमा गरेका थिए शुक्रबार कम्पनीले मृतक पोखरेलकी श्रीमती अञ्जु राई पोखरेललाई सो रकम हस्तान्तरण गरेको इन्स्योरेन्स कम्पनीका भद्रपुर शाखा प्रमुख निरज निरौलाले जानकारी दिए  

कार्यक्रममा भुक्तानी रकम ग्रहण गर्दै श्रीमती पोखरेलले बिमाप्रतिको आफ्नो नकारात्मक धारणा बदलिएको बताइन् बिमा कम्पनीले भुक्तानी दिन ढिलाई गर्छ, बिमित भन्दा बिमकलाई फाइदा हुन्छ भने जस्तो आफ्नो सोँच फेरिएको बताइन पोखरेलले हरेक नागरिकले विमा गर्न अनिवार्य रहेछ भन्ने आफूलाई लागेको बताइन

सम्बन्धित समाचार