२०८३ बैशाख ६ गते , आईतबार
प्लाई उद्योगमा आगलागी हुँदा ७० लाख बराबरको क्षति
बिर्तामोड । झापाको बिर्तामोडस्थित एक प्लाइ उद्योगमा आगलागी भएको छ । आगलागीबाट करिब ७० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
विहिबार साँझ करिब पाँच बजे प्लाई सुकाउने हिटिङ मेसिनबाट आगो सल्किएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष आचार्यले जानकारी दिए । मेचीनगर, भद्रपुर र बिर्तामोड नगरपालिकाको वारुण यन्त्र, प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनले बताए ।
आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको सम्पत्ति नोक्सान भएको उद्योगका सञ्चालक राजु जैनले बताए ।