२०८३ बैशाख ६ गते , आईतबार

आगलागीबाट मृत्यु भएका खनालको परिवारलाई सहयोग हस्तान्तरण

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन १९ गते , मंगलबार
आगलागीबाट मृत्यु भएका खनालको परिवारलाई सहयोग हस्तान्तरण

बिर्तामोड केहि समय अघि आगलागीमा परि मृत्यु भएका अर्जुनधाराका खनाल परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको मृतकका आफन्त लक्ष्मीप्रसाद बास्कोटाको अगुवाईमा संकलित ५३ हजार रुपैँया मृतकका आफन्तलाई हस्तान्तरण गरिएको हो

भदौ २६ गते खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा अर्जुनधारा का रोम खनाल, श्रीमती दुर्गा खनाल छोरा पंकज खनाल घाइते भएका थिए घाइते खनाल परिवारको उपचारका क्रममा रोम दुर्गाको मृत्यु भएको थियो घाइते परिवारको उपचारको क्रममा बास्कोटाको अगुवाईमा सहयोग संकलन सुरु गरिएको थियो तर घाइते दम्पतीको मृत्यु भएपछि संकलित रकम मृतक दुर्गा खनालकी भाई खडानन्द ढकाललाई हस्तान्तरण गरिएको बास्कोटाले बताए खनाल परिवारको उपचारका लागि बिर्तामोडस्थित मिलनसार साकोसबाट १० हजार, बास्कोटाले १० हजार, आत्मनिर्भर साकोसले हजार, कन्काईू का छविलाल उप्रेतीले १० हजार, लीला पाठकले हजार सहित अन्य सुभचिन्तकहरुबाट ५३ हजार संकलन भएको थियो    

सम्बन्धित समाचार