२०८३ बैशाख ६ गते , आईतबार

विश्वभर अवरुद्ध सामाजिक सञ्जाल फेसबुक लगायत सुचारु

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन १९ गते , मंगलबार
विश्वभर अवरुद्ध सामाजिक सञ्जाल फेसबुक लगायत सुचारु

एजेन्सी  नेपाली समय अनुसार करिब सोमबार राति बजेदेखि विश्वभर डाउन भएका ह्वाट्स एप, इन्स्टाग्राम फेसबुक पुनः सुचारु भएका छन्

फेसबुकका मालिक मार्क जुकरबर्गले दिएको जानकारी अनुसार फेसबुकको वेभसाइटमा आएको समस्याका कारण फेसबुक डाउन भएको मंगलबार बिहानदेखि सञ्चालनमा आएको जानकारी दिएका हुन्

फेसबुकका प्रवक्ता एन्डी स्टोनले ट्विटर गर्दै सेवा सुचारु गर्न आफूहरू लागि परेको जनाएका थिए यी तीनवटै एप्समा फेसबुकको स्वामित्व छ।सुरुमा फेसबुक वेबसाइटमा समस्या आएको म्यासेन्जरमा लेखिएका सन्देशहरू नदेखिएको, त्यसपछि ह्वाट्सएप इन्स्टाग्राम एप्समा पनि उस्तै समस्या आएको थियो

यसअघि सोसल मिडिया प्लेटफर्म ह्वाट्सएप, फेसबुक, इन्स्टाग्राम फेसबुक मेसेन्जर केही समयदेखि डाउन भएको थियो डाउन डिटेक्टर डट कमका अनुसार विश्वभरका हजारौं प्रयोगकर्ताले केही समयदेखि यी एप प्रयोग गर्न पाएका थिएनन्

फेसबुक मेसेन्जर ह्वाट्सएपबाट म्यासेज गएको थिएन भने डेस्कटपमा समेत फेसबुक खुलेन फेसबुकको वेबपेजमा डोमेन नेम सिस्टम (डीएनएस) इरर देखाइरहेको थियो

यतिबेला अर्को सामाजिक सञ्जाल ट्विटरमा फेसबुक, ह्वाट्सएप मेसेन्जर नचेलेको भन्दै गरिएका पोस्ट ट्रेन्डिङमा आउन थालेका थिए ट्विटरमा २४ लाखभन्दा बढी ह्वाट्सएप लेखिएर पोस्ट भइसकेको थियो

 

सम्बन्धित समाचार