२०८३ बैशाख ६ गते , आईतबार

इलाममा लाखौ भारतीय नोट सहित अग्रवाल पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन १८ गते , सोमबार
इलाममा लाखौ भारतीय नोट सहित अग्रवाल पक्राउ

ईलाम । ईलामको सुर्योदय नगरपालिका ६ हर्कटे चोकबाट प्रहरीले लाखौ भारतीय नोट सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका १० फिक्कलका ३५ बर्षीय अनुप अग्रवाल रहेको प्रहरीले जनाएको छ ।

आइतबार बेलुका ४ बजे प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले अग्रवाल सवार मे १ च ६४२४ नम्बरको कार चेकजाँच गर्ने क्रममा अग्रवालको साथमा रहेको कालो ब्यागमा २ हजार, ५ सय, २ सय र १ सयको नोट गरि जम्मा ११ लाख भारतीय रुपैँया फेला परेको १ नम्बर प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता नविनराज राईले जानकारी दिए । पक्राउ परेका अग्रवाललाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको र कानुनी कारबाहीको लागी आन्तरिक राजस्व कार्यालय ईटहरीमा पठाउने पहल भईरहेको उनले बताए ।

सम्बन्धित समाचार