२०८३ बैशाख ६ गते , आईतबार
झापामा रुखबाट लडेर एक जनाको मृत्यु
झापा । झापा कनकाई नगरपालिका २ सुकेडाँगी का ४२ बर्षीय राज बहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ । रुखबाट लडेर गम्भीर घाइते भएका राईको अस्पताल लैजाने क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
आइतबार दिउसो साढे २ बजे घिरौला टिप्न रुख चढेका राई लडेर गम्भिर घाईते भएका थिए । घाईते राईको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराई थप उपचारको लागी नोवेल अस्पताल विराटनगर तर्फ ल्याउने क्रममा बेलुका साढे ६ बजे बाटैमा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता नविनराज राईले जानकारी दिए । घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको उनले बताए ।