२०८३ बैशाख ६ गते , आईतबार
प्रहरी दिवसमा तपाइको मास्क खोइ अभियानसंगै वृक्षारोपण
बिर्तामोड । ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरीले ‘तपाईको मास्क खोई ?’ अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा सहित झापामा रहेका सबै प्रहरी युनिटले यो अभियानसंगै एक प्रहरी एक विरुवा अभियान समेत सञ्चालन गरेका छन् ।
अभियान अन्तरगत इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडस्थित नयाँ वसपार्कमा तपाइको मास्क खोइ अभियान सञ्चानल गरेको थियो भने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले एक प्रहरी एक विरुवा अभियान सञ्चालन गरेको छ ।
अभियान अन्तरगत बिर्तामोडस्थित निर्माणाधीन ट्राफिक प्रहरी भवन परिसरमा आज वृक्षारोपण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक निशेष चापागाईले फलफूलका विरुवा रोपेर वृक्षारोपण अभियानको उद्घाटन गरेका थिए ।