एक्सेल डेभलपमेन्ट बैंकको १५ औं वार्षिक साधारणसभा सम्पन्न
हकप्रद शेयर निष्कासन तथा प्रदेश १ भरी सेवा बिस्तार गर्ने निर्णय
बिर्तामोड । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले १५औं साधारणसभा सम्पन्न गरेको छ । शनिवार सम्पन्न साधारणसभाबाट हकप्रद शेयर निष्कासन तथा प्रदेश १ भरी कार्यक्षेत्र बिस्तार गर्ने निर्णय भएको छ ।
बिर्तामोडको सिद्धार्थ होटलमा सम्पन्न सभाले हाल ५ जिल्ला कायम रहेको कार्यक्षेत्रलाई बिस्तार गरि १४ वटै जिल्लामा पुर्याउने निर्णय गरेको हो । यसका लागि बैंकले पूँजी वृद्धि गर्न हकप्रद शेयर जारी गर्ने नीति पारित गरेको बैंकका कामु प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले बताए । बैंकले आगामी असोज २५ गतेदेखि २४ करोड बराबरको हकप्रद शेयर जारी गर्ने संचालक समिति अध्यक्ष महेन्द्रकुमार गोयलले जानकारी दिए ।
सभाले सञ्चालक सदस्यमा पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेशलराज पोखरेललाई निर्विरोध चयन गरेको छ ।
कोरोना महामारीका बीच समेत ६० प्रतिशत मुनाफा वृद्धि गर्न सफल एक्सेल बैंकको एक लाख ५० हजार ग्राहक रहेको बैंकले जनाएको छ ।