२०८३ बैशाख ५ गते , शनिबार
६० जना प्रहरीद्वारा रक्तदान
बिराटनगर । "६६ औँ प्रहरी दिवस २०७८" को अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा भएको कार्यक्रममा ६० जना प्रहरीले रक्तदान गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
प्रदेश
प्रहरी
प्रमुख
प्रहरी
नायब
महानिरीक्षक अरुण कुमार बिसीको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण, १ नम्बर प्रदेश दंगा नियन्त्रण गण दुहवी र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत रहेका ६० जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका सुचना अधिकारी नविनराज राईले जानकारी दिए ।