२०८३ बैशाख ६ गते , आईतबार

काँकरभिट्टाबाट म्याद गुज्रिएका सामान जफत

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन १५ गते , शुक्रबार
काँकरभिट्टाबाट म्याद गुज्रिएका सामान जफत

बिर्तामोड । मेचीनगरको मुख्य व्यापारिक केन्द्र काँकरभिट्टाबाट बजार अनुगमन टोलीले बिहीबार लाखौ मुल्यका सामान जफत गरेको । अनुगमनको क्रममा टोलीले म्याद गुज्रिएका सामान बरामद गरेको हो । 

दशैँतिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्य वस्तुको मुल्य दिनहुँजसो उकालो लागेको उपभोक्ताको गुनासो आएसँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमाल नेतृत्वको अनुगमन टोलीले काँकरभिट्टाका पसलहरुको अनुगमन गरेको थियो

सोक्रममा उपभोग्य मिति गुज्रिएका खाद्य वस्तु टोलीले नियन्त्रणमा लिएको मेचीनगर नगरपालिका खाद्य अधिकृत दीपेन्द्र कार्कीले बताए

दशैंतिहारलगायत अन्य चाडपर्वका समयमा बजारमा हुने कालोबजारी खाद्य सामग्रीको मुल्यबृद्धि नियन्त्रण गर्न मेचीनगरमा बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रिमालले जानकारी दिए

टोलीले अनुगमनका क्रममा बिल विजक चुस्तदुरुस्त नराखेको, मुल्यसूची नराखेको, राखेको भए पनि त्यसलाई दैनिकरुपमा व्यवस्थापन नगरेको, पसलमा उपभोग्य मिति सकिएका खाद्य वस्तु फेला पारेको थियो साथै विद्युतीय तराजुको आवश्यक कागजात नराखेको फेला परेपछि तत्काल सवै प्रक्रिया पुर्याएर आवश्यक कागजात राखी दर्ता गर्न व्यवसायीहरुलाई सुझाव दिइएको

उपभोग्य मिति समाप्त भएको फेला पारेको ती वस्तु नष्ट गर्ने जनाइएको टोलीले खुद्रा व्यवसायीहरुलाई होलसेल व्यवसायीले जारी गरेको वील विजक सुरक्षित राख्न माग गरेका बेला उपलब्ध गराउन भनेको

सम्बन्धित समाचार