२०८३ बैशाख ६ गते , आईतबार

जङ्गली हात्तीको आक्रमणमा परेकी महिलाको शव फेला

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन १४ गते , विहीबार
जङ्गली हात्तीको आक्रमणमा परेकी महिलाको शव फेला

बिर्तामोड विहिबार बिहान जंगली हात्तीको आक्रमणमा परी बेपत्ता महिलाको शव फेला परेको जंगलमा निगुरो टिप्न गएकी बिर्तामोड नगरपालिका स्थित नेपालचोक निवासी ५० वर्षीया लतुमाई मर्डीको शव चन्द्रगढी सामुदायिक वनभित्र सेती खोलाको पैनीमा फेला परेको प्रहरीले जनाएको  

विहिबार विहान ११ बजेतिर आफ्ना श्रीमान शुकलाल मर्डीसँग निगुरो टिप्न गएकी लतुमाईलाई जंगली हात्तीले सुँडले बोकेर जंगलभित्र लगेको थियो पत्नीलाई हात्तीले लगेको जानकारी शुकलालले तत्कालै अस्थायी प्रहरी चौकी गरामनीलाई गराएका थिए त्यसपछि लतुमाईको खोजीका लागि डिभिजन वन कार्यालय झापाका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी स्थानीय जंगल पसेका थिए खोजतलासको क्रममा लतुमाईको शव घण्टापछि भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए  

 

सम्बन्धित समाचार