२०८३ आश्विन १६ गते , शुक्रबार

झापामा दिलमाया स्मृति कप संचालन हुने

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन १२ गते , मंगलबार
झापामा दिलमाया स्मृति कप संचालन हुने

झापा । झापा क्षेत्र नं. ४ मा दिलमाया स्मृति वडा स्तरीय पुरुष नक आउट फुटवल प्रतियोगिता संचालन हुने भएको छ । दिलमाया नेकपा एमालेका नेता तथा संघीय सांसद एलपी साँवा लिम्बुकी आमा हुन ।

झापा क्षेत्र नं. ४ का २८ वटा वडाका खेलाडीहरु सहभागी रहने प्रतियोगिताको आयोजना नेपाल खेलकुद महासंघले गरेको छ ।  प्रतियोगिताको संयोजन तथा संरक्षण स्व. दिलमायाका पति बुद्धिमान साँवा लिम्बु तथा साँवा परिवारले गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिताको व्यवस्थापन समिति र सह–व्यवस्थापन संयुक्त भूपू सैनिक नेपाल शिवसताक्षी नगर रहेका छन ।

कार्यक्रममा बोल्दै सांसद साँवाले खेलकुदलाई ब्यवसायिक बनाउनु पर्नेमा जोड दिए । उनले पहिले पहिले कसैको मृत्युपछि उनको स्मृतिमा चौतारो, पाटीपौवा बनाउने प्रचलन भएको बताउँदै खेलको माध्यमबाट समाजमा युवापुस्तालाई विकृति विसङ्गतिबाट जोगाउने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरेको बताए ।

कार्यक्रममा साँवा परिवारले दिलमायाको नाममा अक्षयकोष स्थापनाका लागि एकलाख एकहजार एकसय ११ रुपैयाँ प्रदान गरेको थियो । साथै कार्यक्रममा २८ वटै वडालाई जर्सी तथा फुटवलसमेत प्रदान गरिएको थियो । प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति समेत निर्माण भएको कार्यक्रममा जानकारी गराइएको थियो ।

असोज १२ गतेदेखि प्रतियोगिताको प्रिसेलेक्शन म्याच शुरु हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । त्यस्तै क्वाटर फाइनल कार्तिक ८ गतेबाट शुरु हुनेछ भने फाइनल कार्तिक १६ गते हुने साथै  क्वाटर फाइनलदेखि प्रतिस्पर्धामा उत्रने सवै टिमले पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले २ लाख २५ हजार र दोस्रो हुने टिमले एकलाख २५ हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।  प्रतियोगिताका लागि १६ लाख ७० हजार ५ सय रुपैयाँ अनुमानित खर्च हुने आयोजकको भनाई छ ।

 

सम्बन्धित समाचार