२०८३ बैशाख ६ गते , आईतबार

समाज कल्याण परिषदका पदाधिकारीद्वारा सामूहिक राजिनामा

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन ८ गते , शुक्रबार
समाज कल्याण परिषदका पदाधिकारीद्वारा सामूहिक राजिनामा

 काठमाण्डौँ । समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन्  शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवालाई उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन्  

परिषद्मा काम गर्ने वातावरण नभएको सरकारले हस्तक्षेप गरेको भन्दै सामूहिक राजीनामा दिएको उनीहरूले बताएका छन् समाज कल्याण परिषद्का उपाध्यक्ष डा. पद्यप्रसाद खतिवडाका अनुसार सरकारले अनावश्यक हस्तक्षेप गर्ने ह्यारेस्मेण्ट गर्न थालेको कारण सबै पदाधिकारीले सामूहिक राजीनामा दिएर मार्ग प्रशस्त गरिदिएको बताए  

खतिवडाले भने, ‘राजीनामा दिनुको कारण भनेको हामीलाई काम गर्न दिने वातावरण नै बन्द हुनु नै हो किनभने परिषद्ले आफ्नो बजेट बनाउनु पर्यो त्यसका लागि हामीले प्रधानमन्त्रीलाई एक चौथाइ भए पनि बजेट निकासा गरिदिन आग्रह ¥यौँ, तर उहाँले मान्नुभएन अधिकांश ज्यालादारी अस्थायी कर्मचारीको म्याद असार मसान्तमै सकिएको थियो, उनीहरूको म्याद थप गरौँ भन्दा पनि उहाँहरूले आफूनिकटको मान्छेको मात्रै म्याद थप गर्न मान्नुभयो उहाँहरूले व्यक्ति तोकेर म्याद थप गर्ने नगर्ने लिष्ट पठाउनुभयो, जुन हामीले स्वीकार गर्न सकेनौंँ

उपाध्यक्ष खतिवडाका अनुसार प्रधानमन्त्रीका सचिवालयबाट आफूहरूलाई पटक पटक राजीनामा गर्न दबाब दिइएको राजीनामा नदिए हटाउने तयारी भएको भन्दै धम्काउने गरिएको थियो  खतिवडाले भने, ‘हामीलाई विभिन्न बहाना बनाएर पटक पटक दुख दिने, यो किन भयो किन भएन भनेर पटक पटक बोलाउने, ह्यारेसमेण्ट गर्ने राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपयो भनेर दबाब दिइरहे अब काम गर्नलाई बजेट नदिने, कर्मचारीको म्याद थप नगर्ने हामीलाई ह्यारेसमेण्ट गर्न थालेपछि सामूहिक राजीनामा बुझाएका हौँ

उपाध्यक्ष खतिवडाका अनुसार परिषद्मा राजनीतिक हस्तक्षेप बढेको प्रधानमन्त्री शेर बहादुर देउवाको सचिवालयबाट पटक पटक राजीनामाका लागि दबाब दिएपछि मार्ग प्रशस्त गरिदिएको हो यसबारे थप जानकारी दिन असोज गते शुक्रबार दिउँसो बजे पत्रकार सम्मेलनको आयोजना गरिएको परिषद्ले जनाएको  

 

सम्बन्धित समाचार