२०८३ बैशाख ६ गते , आईतबार

महिलाको विभत्स हत्या गर्ने पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन ८ गते , शुक्रबार
महिलाको विभत्स हत्या गर्ने पक्राउ

झापा । झापामा महिलाको विभत्स हत्या गरि झापा गाउँपालिकास्थित सानोमाइ खोलामा बगाउने चार जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरी सार्वजनिक गरेको छ । 

गत भदौ २५ गते दिउँसो १२ः३५ बजे कम्मरभन्दा माथिको भाग तथा घुडाभन्दा मुनिको भाग नभएको, आन्द्राभुँडी निस्किएको महिलाको अर्ध शरीरको विभत्स शव फेला परेको थियो लासको प्रकृति हेर्दा शंकास्पद देखिएकोले जिल्ला प्रहरी कार्यालय झापा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट घटना सम्बन्धमा अनुसन्धान गर्नेक्रममा विभिन्न मानिसहरु मिली महिलालाई हत्या गरेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो

मृतक झापा गाउँपालिका वडा नं माइती घर भई भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने अन्दाजी ५० वर्षीया डोली भन्ने धोन्नी टुडु भएको खुल्न आएको थियो गत भदौ २४ गते राति धोन्नीलाई झापा गाउँपालिका वडा नं माई खोला किनारमा मारी धारिलो हतियार प्रयोग गरी शरीरको बिभिन्न भागमा काटी टुक्राटुक्रा पारेर खोलामा फालेको खुल्न आएको थियो

घटनामा संलग्न चार जना पक्राउ परेका छन् पक्राउ पर्नेहरुमा मृतकका भान्जा भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने २३ वर्षिय ऐतवार सोरेन, मृतकका सौताको भाइ झापा गाउँपालिका वडा नं बस्ने ३७ वर्षिय लखन टुडु सतार, सोही ठाउँ बस्ने ५६ वर्षीय सिरी साइँला भन्ने सोमाई हेमरम सतार २७ वर्षीय श्रीहेमरम सतार रहेका छन्

मृतकका भान्जा ऐतवार सोरेन मृतकका सौताको भाइ सोमाइ हेमरम घटनामा प्रत्यक्ष संलग्न भएको पक्राउ परेका अन्य दुईजनाले घटना सम्बन्धमा प्रत्यक्ष थाहा भएर घटना लुकाउन सहयोग गरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए

त्यस्तै घटनामा प्रत्यक्ष संलग्न मृतकका देवर भारत किसनगञ्ज सिंघीमारी ग्राम पञ्चायत बस्ने अन्दाजी ४५वर्षिय मण्डल हेमरम (सतार) भने फरार रहेको भारतीय प्रहरीको सहयोगमा उनको खोजी भइरहेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए

श्रीमान्को निधन भएको १५ दिनपछि धोन्नीको हत्या भएको हो छोराछोरी कोही नभएकी धोन्नीको उनको देवरसँग जग्गा सम्बन्धी विवाद रहेको थियो सोही कारणले उनको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक भट्टराईले बताए

भट्टराईका अनुसार मृतकका सौताले बिभिन्न आरोप लगाई हेला गर्ने गरेको बोक्सीको आरोप लगाउने गरेको अनुसन्धानबाट खुलेको घटनामा प्रयोग भएको दाउ सानोमाई खोलामा बगाएकोले फेला पार्न नसकिएको प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए

उनीहरुलाई असोज गते पक्राउ गरी झापा जिल्ला अदालतबाट दिन म्याद थपको अनुमति लिई अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए

सम्बन्धित समाचार