२०८३ बैशाख ६ गते , आईतबार

बिरिङ किनारमा महिला र बालकको शव फेला

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र २० गते , आईतबार
बिरिङ किनारमा महिला र बालकको शव फेला

झापा । झापाको बिरिङ खोलाको किनारमा आइतबार एक महिला र एक बालकको शव फेला परेको छ । शव मोरङ सुनबर्सी नगरपालिकाकी उमा विश्वकर्मा र निजकी छोरा शिशिर बिश्वकर्माको भएको प्रहरीले जनाएको छ । 

मृतक बिश्वकर्मा सुनबर्सी नगरपालिकाका दिलिप लोहारकी श्रीमती भएको र हाल कन्काई नगरपालिका ८ स्थित माइती घरमा बस्दै आएको प्रहरीले जनाएको छ । माइती घरमा बस्ने बिश्वकर्मा राती आफ्ना ३ बर्षीय छोरा शिशिर बिश्वकर्मालाई लिएर हिडेकी थिइन । मृतक बिश्वकर्माको शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी राकेश थापाले बताए । मृतक विश्वकर्माको छोरा शिशिरको शवपनि बिरिङ किनारमा फेला परेको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी घटनास्थल पुगेको र कानुनी प्रक्रियाको काम भई रहेको थापाले जानकारी दिए ।  


सम्बन्धित समाचार