२०८३ बैशाख ६ गते , आईतबार

संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र १९ गते , शनिबार
संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाण्डौ । सरकारले संसद् अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको शनिबार बसेको मन्त्रिपरिषद्ले भदौ २३ गते दिउँसो बजे बस्ने गरी प्रतिनिधिसभा राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको हो सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको रातोपाटीलाई जानकारी दिए सो अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याउनेछ

शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् अधिवेशन बोलाउनेबारे सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका थिए यस्तै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि प्रधानमन्त्री देउवाले छलफल गरेका थिए उनीहरूसँग छलफलपछि बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो

सम्बन्धित समाचार