२०८३ बैशाख ६ गते , आईतबार

एकीकृत समाजवादी पार्टी निकट प्रेस संगठनको संयोजकमा शम्भु श्रेष्ठ

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र ११ गते , शुक्रबार
एकीकृत समाजवादी पार्टी निकट प्रेस संगठनको संयोजकमा शम्भु श्रेष्ठ

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध पत्रकार सङ्गठनको नाम समाजवादी प्रेस नेपाल तय भएको सङ्गठनका नेता विश्वमणि सुवेदीको अध्यक्षता आज सम्पन्न भेलाले सङ्गठनको तदर्थ समितिको संयोजकमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई तोकेको हाे

दृष्टि साप्ताहिकका सम्पादक रहेका श्रेष्ठ प्रेस चौतारी नेपालको संस्थापक सदस्य तथा तीन कार्यकाल अध्यक्ष भइसकेका छन् समितिले दुई साताभित्र राष्ट्रिय भेलाको आयोजना गरी केन्द्रीय समितिलाई पूर्णता दिने भएको

भेलामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेताहरु राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, डा विजय पौडेल, वरिष्ठ पत्रकार चौतारीका पूर्वअध्यक्ष बालकृष्ण चापागाईँ, वरिष्ठ पत्रकार किशोर श्रेष्ठ लगायत उपस्थित थिए

सम्बन्धित समाचार