२०८३ आश्विन १७ गते , शनिबार

प्रदेश १ को मुख्यमन्त्रीमा भिम आचार्य नियुक्त

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र १० गते , विहीबार
प्रदेश १ को मुख्यमन्त्रीमा भिम आचार्य नियुक्त

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट सपथग्रहणपछि आचार्यले पदभार ग्रहण गरेका हुन् ।

संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएपछि आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको शपथ ग्रहण गराएका थिए । मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएपछि राईले राजीनामा बुझाए । राईले राजीनामा बुझाएलगत्तै भीम आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।

पदभार ग्रहण गरेका मुख्यमन्त्री आचार्य आजै आफ्नो गाउँ इनरूवा जाने बताइएको छ । आचार्यको मुख्यमन्त्री नियुक्तिको तयारी हुँदै गर्दा उनका भाइ राम्रप्रसाद घरमा मृत भेटिएका थिए । भाइको अन्तिम संस्कारका लागि उनी घर जान लागेका हुन् ।

 

सम्बन्धित समाचार