२०८३ बैशाख ६ गते , आईतबार

जनगायक जेबी टुहुरेको निधन

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र १० गते , विहीबार
जनगायक जेबी टुहुरेको निधन

काठमाडौं जनगायक जुठबहादुर खड्कीजेबी टुहुरेको निधन भएको टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो

भदौमा कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्याएका थिए उपचारमा संलग्न डा. रोहन झाका अनुसार अस्पताल पुर्याउँदा उनको मस्तिष्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको थियो

मुटु, फोक्सो, मधुमेह उच्च रक्तचाप लगायतका दीर्घरोग भएका कारण शल्यक्रिया हुन सकेन , उपचारका क्रममा उनको बिहीबार निधन भएको हो

जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीका अनुसार दोस्रो संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे बजेदेखि बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिनेछ उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको

को हुन् जेबी टुहुरे ?

१५ कात्तिक २००१ मा धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गीले सानैदेखि गीत गाउन थालेका थिए २०२१ सालमा पिता कृष्णबहादुर खड्गीको निधन भएपछि आफ्नो नामको पछाडि टुहुरे जोडेका थिए उनी जेबी टुहुरेकै नामबाट चिनिए २०२० को दशकदेखि कम्युनिष्ट विचारधारासँग नजिक भएका उनले २०२४ सालदेखि जनताका गीत गाउन थालेका थिए उनकोआमा दिदी बहिनी हो, कति बस्छौ दासी भई …’ निकै चर्तित

राजनीतिक रुपमा उनको आवद्धता माले, एमाले हुँदै पछिल्लो समय माओवादी केन्द्रमा थिए दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट सभासद बनेका उनी जनसांस्कृतिक महासंघका संरक्षक माओवादीका सल्लाहकार हुन्

२०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन समेत स्थापना गरिएको फाउण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका छिन्

सम्बन्धित समाचार