२०८३ बैशाख ६ गते , आईतबार

मुम्बईमा रेलको ठक्करबाट घाइते भएकी नेपाली युवतीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र ७ गते , सोमबार
मुम्बईमा रेलको ठक्करबाट घाइते भएकी नेपाली युवतीको मृत्यु

काठमाडौं भारतको मुम्बईमा एक नेपाली युवतीको रेलको ठक्करबाट मृत्यु भएको मृत्यु हुनेमा २२ वर्षीया कालु परियार रहेको भारतीय मिडियाहरुले जनाएका छन्

रेलको लिकमा मोबाइल फोन हराएपछि खोजिरहेको बेला तीव्र गतिमा आएको रेलले उनलाई ठक्कर दिएको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इन्डियन एक्सप्रेसले जनाएको घटना भएको एक महिनापछि उनको शव परिवारका सदस्यलाई जिम्मा लगाइएको सरकारी रेल्वे प्रहरी (जीआरपी)ले जनाएको

 

घटना २२ जुलाई (साउन गते) को दिन सानपाडा जुइनगर रेलवे स्टेशनको बीचमा भएको हो तर आफन्त पत्ता लाग्न ढिला भएकाले शव बुझाउन ढिला भएको प्रहरीको भनाइ

त्यो दिन उनी आफ्नो साथीलाई भेट्न नेरुल जाँदै थिइन् त्यही बेला उनको मोबाइल रेल्वे लिकमा झर्यो त्यसपछि उनी रेलवे स्टेशनमा ओर्लिइन् लिकमा आफ्नो फोन खोज्न थालिन् त्यही बेला तीव्र गतिमा आएको अर्को रेलले उनलाई ठक्कर दियो,’ भासीस्थित जीआरपीका वरिष्ठ निरीक्षक विष्णु केसरकरले भनेका छन् गम्भीर घाइते भएकी उनलाई सायन अस्पतालमा भर्ना गरिएको अगष्ट (साउन १८ गते) मृत्यु भएको समाचारमा उल्लेख

उनको परिवारका सदस्य पत्ता लगाउन प्रहरीले नेपाली समुदायसँग मद्दत लिएको थियो उनको तस्वीर विवरण उल्लेख गरेर युट्युबमा भिडियो बनाइएको रेडियो तथा टिभी च्यानलबाट समाचार प्रसारण गरिएको थियो

परियारको भाइले समाचार सुनेपछि प्रहरीसँग सम्पर्क गरेको सनाखत गरी बिहीबार शव जिम्मा लगाएको प्रहरी निरीक्षक केसरकरले बताएका छन्

सम्बन्धित समाचार