माधव समूहले जुरायो नयाँ पार्टीको नाम, चुनाव चिन्ह ‘खुला किताब’
काठमाण्डौ । नेकपा एमाले
माधव नेपाल समूहले
पार्टीको नाम
नेकपा एमाले समाजवादी राख्ने भएको छ
। यस्तै चुनाव
चिन्ह खुला किताब
राख्ने निर्णय भएको
एमाले केन्द्रीय सदस्य
जगन्नाथ खतिवडाले जानकारी दिए
। नयाँ पार्टी
निर्माणका लागि
अध्यादेशले भनेअनुसार न्युनतम २०
प्रतिशत तयारी
अवस्थामा रहेकोले प्रक्रिया पूरा
गर्ने र अरु
थप्दै जाने उल्लेख
गरे ।
उनले आज
डराएकाहरु भोली
पार्टीमा सहभागी
हुने,
आज
पार्टी
निर्माण गलत
लाग्नेलाई भोली
सहि
लाग्ने
उल्लेख
गरे
।
उनले
भने–
‘यो
अभियान
अघि
बढ्यो
।
इमान्दार, नैतिकवान, आदर्श
कम्युनिष्टहरुको संगठन
आज
जन्मँदैछ ।
अरु
मान्छेहरु बिस्तारै यसमा
समावेश
हुँदै
जानेछन् ।’
यतिबेला नयाँ
बानेश्वरस्थित अर्याल
होटलमा
नेपाल
समूहको
तर्फबाट नयाँ
पार्टी
दर्ताका लागि
हस्ताक्षर संकलनको काम
भइरहेको छ
।