२०८३ आश्विन १७ गते , शनिबार

सरकारले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौं’ अभियान सञ्चालन गर्ने

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र २ गते , बुधबार
सरकारले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौं’ अभियान सञ्चालन गर्ने

झापा । बिजुलीको आन्तरिक खपत बढाउने ध्येयका साथ सरकारले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौं’ नाराका साथ प्रवर्द्धनात्मक योजना अगाडि सारेको छ ।

देशभित्रै बिजुली खपत बढाउने र समृद्धिको लक्ष्यलाई साकार पार्ने योजनाका साथ उक्त कार्यक्रम अगाडि बढाउन लागिएको हो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुलीसमेत राष्ट्रिय प्रणालीमा जोडिएपछि देशभित्र कूल जडित क्षमता दुई हजार मेगावाटको हाराहारीमा पुगेको छ ।

प्रणालीमा हाल एक हजार ५०० मेगावाट बराबरको बिजुली माग छ । बढी बिजुली माग हुने साँझ बिहानको समयमा बिजुलीको माग बढी भए पनि रातको समयमा कम माग हुने गरेको छ ।

सरकारको योजनाअनुसार चालु आवको अन्त्यसम्म प्रणालीमा सरकारी तथा निजी क्षेत्रका आयोजनाबाट कूल एक हजार ६२९ मेगावाट बिजुली जोडिने प्रक्षेपण छ ।

 

सम्बन्धित समाचार