२०८३ बैशाख ६ गते , आईतबार

सिम्रीक साकोसद्वारा सदस्यलाई राहत प्रदान

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र २ गते , बुधबार
सिम्रीक साकोसद्वारा सदस्यलाई राहत प्रदान

झापा । यही साउन महिनामा सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुको उपचार, राहत तथा ऋण मिनाहामा लाख २९ हजार सय १६ रुपैयाँ खर्च गरेको जनाएको

झापा, इलाम मोरङ जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक साकोसले नियमित बचतकर्ता शेयर सदस्यको स्वास्थ्य उपचारमा राहत सुविधा प्रदान गर्दै आएको

सदस्यको मृत्युमा राहत प्रदान गर्ने तथा ऋणि सदस्यको मृत्यु भएमा बाँकी ऋण मिनाहा गर्ने संस्थाको नीति रहेको कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताए

सोही नीति अनुसार पाडाजुँगी सेवा केन्द्रका सदस्य इखमाया खबासको असार २९ गते निधन भएकाले उनको नाममा बक्यौता रहेको लाख ५५ हजार सय ८६ रुपैयाँ कर्जा मिनाहा गरिएको बस्नेतले जानकारी दिए

संस्थाका सञ्चालक समिति सदस्य नबिन योगी, पाडाजुँगी सेवा केन्द्र प्रमुख वेदप्रसाद आचार्यसहित कर्मचारीहरुले खबास निवास गएर परिवारका सदस्यलाई कर्जा मिनाहाको पत्र प्रदान गरेका हुन्

इखमाया खवासले संस्थाबाट लाख ७० हजार रुपैयाँ ऋण लिएकोमा साँवा तथा ब्याज नियमित बुझाउँदै गर्दा उनको निधन भएपछि संस्थाले कर्जा मिनाहा गरिदिएको सञ्चालक सदस्य योगीले बताए

यसैगरी, संस्थाको धुलाबारी सेवा केन्द्र अन्तरगत लघुवित्त तर्फका सदस्य ललिता राजवंशीको पनि असामयिक निधन भएकाले उनको नाममा बाँकी रहेको साँवा ७४ हजार सय ५६ रुपैयाँ मिनाहा गरिएको

संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेत, कर्जा विभाग प्रमुख कृष्णप्रसाद कडरिया, धुलाबारी सेवा केन्द्रका प्रमुख फणिन्द्र भट्टराईसहित कर्मचारीहरुको उपस्थितिमा राजवंशी परिवारका सदस्यलाई कर्जा मिनाहाको पत्र हस्तान्तरण गरिएको हो

यस्तै, बुधबारे सेवा केन्द्रका शेयर सदस्य देवीमाया भट्टराईको २०७८ साउन १३ गते भएको निधनप्रति संस्थाको तर्फबाट शोक व्यक्त गर्दै उनको नाममा बाँकी रहेको ऋण ४३ हजार सय रुपैयाँ मिनाहा गरिएको

संस्थाको बुधबारे सेवा केन्द्रका प्रमुख प्रेमप्रसाद सिग्देलसहितले भट्टराई परिवारमा पुगेर मृत्यु राहत वापत १८ हजार सय रुपैयाँ पनि प्रदान गरेका थिए

संस्थाको दानाबारी सेवा केन्द्रले पनि साउन महिनाभरमा आफ्ना पाँच जना शेयर सदस्य तथा तिनका परिवारको उपचारका लागि ३७ हजार २७४ रुपैयाँ राहत प्रदान गरेको

सेवा केन्द्र प्रमुख ध्रुबकुमार दवाडीका अनुसार संस्थाका शेयर सदस्य बमबहादुर श्रेष्ठलाई शल्यक्रिया खर्च वापत १५ हजार रुपैयाँ अर्का शयर सदस्य कमला श्रेष्ठ छोराको खुट्टामा लागेको चोटको उपचार गर्न हजार रुपैयाँ प्रदान गरिएको हो

यस्तै मनिता राईलाई छोरीको उपचार वापत हजार ५००, मनमाया श्रेष्ठ आफैंलाई उपचार खर्च वापत हजार ९१४ रुपैयाँ, इन्दिरादेवी बिष्टलाई कुकुरले टोकेको उपचार खर्च वापत हजार ८६० रुपैयाँ प्रदान गरिएको सेवा केन्द्र प्रमुख दवाडीले जनाएका छन्

 

सम्बन्धित समाचार