२०८३ आश्विन १७ गते , शनिबार

कारको ठक्करबाट एक जनाको मृत्यु, एक घाईते

sajilo news
परिवेश मिडिया
२०७८ श्रावण ३२ गते , सोमबार
कारको ठक्करबाट एक जनाको मृत्यु, एक घाईते

झापा । कारको ठक्करबाट बाह्रदशीमा एकजनाको मृत्युु भएको छ । मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपलिका घर भई हाल कन्काई नगरपालिका ८ मा डेरा गरी बस्ने ३२ बर्षीया  सरस्वती मगर रहेको प्रहरीले जनाएको छ । 

 

आइतबार राती साढे १० बजे बाह्रदशी ७ सिमल चोकमा उत्तर तर्फ जादै गरेको प्रदेश-१ -०१-०१२ प १९४२ नम्बरको स्कुटीलाई प्रदेश १-०१-००१ च ७२७७ नम्बरको कारले पछाडीबाट ठक्कर दिदा स्कुटी चालक बाह्रदशी गाउँपालिका ७ की २८ बर्षीया प्रमिता कार्की र पछाडी सवार सरस्वती घाईते भई उपचारको लागी बिएण्डसि अस्पतालमा पुर्‍याउन साथ सरस्वतीको मृत्यु भएको र कार्कीको उपचार भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका सुचना समन्वय अधिकारी नविनराज राईले जानकारी दिए । दुर्घटना गराउने कार र चालक ईलाम जोगमाई २ का २४ बर्षीय जंग बहादुर बस्नेत ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार