२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोड खोप प्रक्ररण : प्रतिवेदन आउन समय लाग्ने

sajilo news
परिवेश मिडिया
२०७८ श्रावण ३१ गते , आईतबार
बिर्तामोड खोप प्रक्ररण : प्रतिवेदन आउन समय लाग्ने

बिर्तामोड बिर्तामोडको एक होटलमा कोभिड विरुद्धको खोप लुकाएको भन्ने आरोप लागेपछि छानविनका लागि बनेको जिल्ला स्तरीय छानविन समितिले प्रतिवेदन बुझाउन थप एक हप्ता लाग्ने जनाएको समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले प्रतिवेदन तयार गर्न अझै एक हप्ता समय लाग्ने जानकारी दिए

साउन १६ गते बनेको समितिलाई एक हप्ताको समय दिएर छानविन गर्न अख्तियारी दिइएको थियो सो समितिले थप एक हप्ता समय माग्दै आज प्रतिवेदन बुझाउने तयारी गरे पनि छानविन पुरा नभइसकेका कारण अझै एक हप्ता लाग्ने जानकारी दिइएको समितिले छानविनका क्रममा सरोकारवालासँग आवश्यक सोधपुछ गरिसकेको केहि व्यक्तिले बिर्तामोडका तत्कालिन कोभिड फोकल पर्सन ओम खड्काले खोप लुकाएको आरोप सत्य भएको दावी गरे पछि समितिले उनीहरुलाई ठोस् प्रमाण पेश गर्न भनेको विभिन्न खाले आरोप लगाइएको , रिमालले भनेआरोप लगाउनेले प्रमाण पेश गर्नुपर्छ हामीले त्यै भनेका छौं

रिमालको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति बनेको थियो रिमालको संयोजकत्वमा बनेको समितिमा जिसस झापाका समन्वय अधिकारी लालबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापा, सशस्त्र प्रहरी बल नेपाल नम्बर गण झापाका डिएसपी प्रेम प्रसाई  अनुसन्धान अधिकृत किरण भट्टराई रहेका छन्

 

सम्बन्धित समाचार