२०८३ बैशाख ६ गते , आईतबार

बिपी प्रतिष्ठानका निर्देशकले भने, ‘पदाधिकारीको राजीनामासँगै नयाँ नेतृत्व स्थापना गरौँ’

sajilo news
परिवेश मिडिया
२०७८ श्रावण ३० गते , शनिबार
बिपी प्रतिष्ठानका निर्देशकले भने, ‘पदाधिकारीको राजीनामासँगै नयाँ नेतृत्व स्थापना गरौँ’

झापा । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निर्देशक प्रा.डा गौरी शंकर शाहले तीन जना पदाधिकारीको राजीनामा माग गरेका छन्। 

डा शाहले एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानको सुधार विकासका लागि भन्दै आफुभन्दा माथिका तीन जना पदाधिकारी उपकुलपति प्रा.डा राजकुमार रौनियार, कार्यबाहक उपकुलपति प्रा.डा गुरु प्रसाद खनाल डा ज्ञानेन्द्र गिरीको राजीनामा माग गरेका हुन्। 

पदाधिकारीको राजीनामासँगै उनले नयाँ नेतृत्व स्थापनाका लागि सरकारलाई सहयोग गर्न तयार भएको बताएका छन्। 

विज्ञप्तिमा भनिएको , ‘ भन्दा वरिष्ठ तीन जना पदाधिकारीहरुको राजीनामासँगै प्रतिष्ठानमा नयाँ नेतृत्व स्थापित गर्न नेपाल सरकारलाई सहयोग र्न आफु सदैव तयार रहेको छु।

उनीहरुले शक्ति संघर्षमा लागेर प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाउने, आचार संहिता विपरित गोपनियता भंग री एकले अर्कोलाई हामी गर्ने असीमित अधिकार एकल रुपमा प्रयोग गरी विवादास्पदक निर्णय गरेर प्रतिष्ठानलाई बदनाम गर्न खोजेको उनको आरोप छ। 

तीन जना पदाधिकारीहरुले तत्काल राजीनामा दिए मात्र प्रतिष्ठानलाई निकाश मिल्ने बताउँदै उनले विज्ञप्तिमा भनेका छन्, ‘यसले मात्र प्रतिष्ठानमा नयाँ सोच नयाँ नेतृत्वको स्थापना गरी प्रतिष्ठानको साख पुरानौ अवस्थामा उठाउन सकिन्छ।

प्रतिष्ठानलाई हालको अवस्थाबाट मुक्त नगरे सधैका लागि बन्द हुने अवस्था समेत आउने सक्ने उनले बताएका छन्। 

 

सम्बन्धित समाचार