२०८३ बैशाख ५ गते , शनिबार

कोभिसिल्ड र एस्ट्राजेनेकाको खोप एकै हो?

sajilo news
परिवेश मिडिया
२०७८ श्रावण ३० गते , शनिबार
कोभिसिल्ड र एस्ट्राजेनेकाको खोप एकै हो?

केही दिन अगाडि जापान सरकारको सहयोग स्वरुप नेपाललाई एस्ट्राजेनेकाको खोप उपलब्ध गराएको छ। यो खोप कोभिसिल्ड लगाएर लामो समयदेखि दोश्रो डोजको पर्खाईमा बसिरहेकाहरुलाई लगाउने नेपाल सरकारले घोषणा गरिसकेको छ। , सोमबारदेखि एस्ट्राजेनेका खोप अभियान सुरु भएको छ। 

खोप लगाउन सुरु गरिएसँगै धेरैमा 'के कोभिसिल्ड एस्ट्राजेनेकाको खोप एकै हुन्?' अथवा 'कोभिसिल्ड लगाएका व्यक्तिले एस्ट्राजेनेकाको खोप लगाउन मिल्छ?' जस्ता प्रश्नहरुले व्यापकता पाएका देखिन्छ।

एस्ट्राजेनेका अक्सफोर्ड विश्वविद्यालय मिलेर कोभिड-१९ विरुद्धको खोप विकास गरेका हुन्। यसको अनुसन्धान/वैज्ञानिक नाम ChAdOx1 nCoV-19 (AZD1222)हो।

यो खोप भारतको 'सेरम इन्स्टीच्यूट अफ इन्डिया अर्थात् एस आई आईलाई पनि उत्पादन गर्न अनुमति प्रदान गरेको हो। 'एस आई आई' ले 'कोभिसिल्ड' को नामबाट यो खोपको उत्पादन गरिरहेको छ।

नेपालले आफ्नो नागरिकलाई कोभिड-१९ बाट हुनसक्ने मानवीय क्षति रोक्न यही 'कोभिसिल्ड' नामक खोप लगाएर लगाउन सुरु गरेको थियो। हाल यो खोप  'भ्याक्सजेभ्रिया ' 'कोभिसिल्ड ' गरि दुई ब्रान्ड अन्तर्गत उत्पादन हुँदै आइरहेको छ। 

नेपालमा 'कोभिसिल्ड' प्रचलित नाम हो। जापान सरकारले दिएको एस्ट्राजेनेकाको खोप 'कोभिसिल्ड' को पहिलो डोज लगाएर बसेकाहरुलाई लगाउने घोषणा गरेसँगै यसअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरुमा अन्योलता छाएको देखिएको छ। 

नेपाल सरकारले यसअघि दुई फरक खोप नलगाउन आग्रह गरिरहेको अवस्थामा अहिले दुई फरक खोप लगाउने मिल्ने कुराले गर्दा अन्योलता छाउनु अस्वाभाविक भने होइन।

धेरै जनाले यो अन्योलता स्पष्ट पारिदिन आग्रह गर्दै लेखकलाई सम्पर्क गरिरहेका छन्। माथि उल्लेख गरे झैँ उही/एकै खोप दुई फरक नामले चिनिएका मात्र हुन्। अर्थात् कोभिसिल्ड वा एस्ट्राजेनेकाको खोप एकै हो। यसमा द्विविधा लिइराख्नु पर्दैन।

खोपले कोरोना संक्रमणबाट हुनसक्ने जटिल अवस्थालाई रोक्ने प्रमाणित भैसकेकोले आफ्नो समयमा तोकिएको खोप केन्द्रमा गई सुरक्षित तरिकाले खोप लगाउन आग्रह गर्दछु। 

-(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)

 

सम्बन्धित समाचार